काठमाडौं, ३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) परित्याग गरी नयाँ पार्टी गठनको तयारीमा रहेका डा. धवलशम्शेर राणाले दुर्गा प्रसाईंसँगको सहकार्य हिन्दू राज्यसहित राजसंस्था पुनस्र्थापना नभएसम्म नटुट्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले आफूले राजनीतिक जीवनमा कसैलाई धोका नदिएको र प्रसाईंलाई पनि नदिने प्रतिबद्धता व्यक्त गरे । राणाले दुई–तीन महिनाभित्र नयाँ पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्दै जनतामाझ लैजाने दाबी गरे ।
उनका अनुसार सबै प्रदेश र ७५ जिल्लामा संगठन विस्तार गरिनेछ । साथै, आफ्नो पार्टी राप्रपाजस्तो व्यक्तिवादी नभई सबैको विचारलाई सम्मान गर्ने लोकतान्त्रिक संरचनामा आधारित हुने बताए ।














