रूपन्देही, ३१ जेष्ठ । रूपन्देहीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका छन् ।
यसअघि उपसभापति रहेका घिमिरेले पहिलो चरणको मतदानमा सर्वाधिक १९९ मत प्राप्त गरेका थिए । सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा कसैले स्पष्ट बहुमत नल्याएपछि सर्वाधिक मत ल्याएका शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदानको तयारी गरिएको थियो ।
तर अन्ततः सहमतिमार्फत शालिकराम सभापतिमा निर्वाचित भएका हुन् । मतदानमा कुल ५५२ मत खसेको थियो ।














