काठमाडौँ, २१ जेष्ठ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले संविधान र कानुनअनुसार अघि बढाउने सबै कदममा कांग्रेसको पूर्ण सहयोग रहने बताएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा आयोजित ग्रीन टेबल कार्यक्रममा बोल्दै उनले सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले काम गर्न आग्रह गरे ।
साथै, आफू र कांग्रेसका सबै सदस्यहरूले सम्पत्ति विवरण बुझाउने जानकारी दिँदै सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा कांग्रेस सधैं उभिने प्रतिबद्धता व्यक्त गरे ।














