काठमाडौं, २१ जेष्ठ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो १ बजे ललितपुरस्थित सानेपाको केन्द्रीय कार्यालयमा बस्दैछ ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी तथा भावी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ । समिति सचिव दिनेश थापामगरका अनुसार समितिमा झण्डै ७०० उजुरी दर्ता भएका छन् ।
ती उजुरीमाथि कारबाहीका लागि सिफारिस गर्ने तयारी रहेको छ । प्रतिनिधिसभा निर्वाचनमा विपक्षी उम्मेदवारलाई सहयोग गरेको आरोपसम्बन्धी उजुरी पनि छलफलको विषय रहनेछ ।














