काठमाडौं, २१ जेष्ठ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा बुधबार बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतकमध्ये एक महिला र दुई पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाबारे बिहान ९ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














