काठमाडौं, १९ जेठ । भारतसँगको सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
पार्टीका महामन्त्री तथा सांसद कबिन्द्र बुर्लाकोटीले पार्टीको स्पष्ट अडान नेपालको भूमि मिचिन नदिने र विवादित भूभाग फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने रहेको बताए । उनका अनुसार यस विषयमा पार्टीभित्र निरन्तर छलफल भइरहेको छ ।
उनले संसद् सञ्चालनका विषयमा विपक्षी दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिँदै बजेट पारित गर्ने प्रक्रिया प्रभावित हुने भएकाले संसद् बैठक अवरुद्ध नगर्न आग्रह गरे । सीमा सम्बन्धी विषयमा थप छलफल र आवश्यक सरकारी धारणा समयमै आउने विश्वास पनि उनले व्यक्त गरे ।










