काठमाडौं, १७ जेठ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्ने मुख्य कार्यसूची रहेको छ ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्नेछन् ।
नियमावलीमा ३५ वटा संशोधन दर्ता भएका छन्, जसमा संसदीय समितिमा मन्त्रीको उपस्थिति अनिवार्य गर्ने, सांसदलाई विशेष कानुनी छुट नदिने तथा संविधान संशोधन प्रक्रियालाई स्पष्ट बनाउने विषय समेटिएका छन् ।
यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाल राष्ट्र बैंक -तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ ।














