काठमाडौं, २३ वैशाख । सरकारले निजामती कर्मचारी र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्णयअनुसार ८ वटा निजामती कर्मचारी र ४ वटा स्वास्थ्यकर्मीसम्बन्धी संगठनहरू खारेज गरिएका हुन् ।
खारेजीमा विभिन्न कर्मचारी र स्वास्थ्यकर्मीसम्बद्ध संगठनहरू परेका छन् ।














