काठमाडौं, १४ चैत । केपी शर्मा ओलीको पक्राउको विरोधमा काठमाडौंमा एमाले कार्यकर्ताहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।
बबरमहल, बानेश्वर र माइतीघर क्षेत्रमा भएको झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गर्दै ओलीको निःशर्त रिहाइको माग गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार पक्राउ परेकाहरूलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको थियो ।














