काठमाडौँ,२९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा देशभरबाट ३७ जना पक्राउ परेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको बताए । प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थिए ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत उम्मेदवार गत माघ ६ गते भएको थिए भने फागुन २१ मा मतदान सम्पन्न भएको थियो ।
प्रवक्ता प्रहरी नायव महानिरीक्षक काफ्लेका अनुसार यस अवधिमा काठमाडौँमा सबैभन्दा बढी मानिस पक्राउ परेको छ । काठमाडौँमा सामाजिक सञ्जालमा भ्रम फैलाउने १६ जनालाई पक्राउ गरिएको उनले जनाए ।












