सिरहा, २८ फागुन । सिरहाको औरही गाउँपालिका–५ स्थित एक पोखरीमा बुधबार एक महिलाको शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर शव पोखरीबाट बाहिर निकालेको छ ।
मृतकको पहिचान हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।













