काठमाडौं, २८ फागुन । कञ्चनपुरमा १२ वर्षको बालिकालाई सामूहिक बलात्कार गरेका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो ।उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।














