काठमाडौं, २८ फागुन । आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बादल लाग्नेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ ।
केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आज राति पनि मौसम बदली रहँदा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि पर्याप्त वर्षा नभएकाले काठमाडौंसहित प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च रहेको जनाइएको छ ।














