काठमाडौं, २६ फागुन । रास्वपाका वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाईप्रति धन्यवाद दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
मोदीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएपछि शाहले एक्समार्फत प्रतिक्रिया दिँदै दुई देशबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले भारतले लगातार दुई पटक टी–२० विश्वकप जितेकोमा बधाई पनि दिएका छन् । यसअघि मोदीले रास्वपाका सभापति रवि लामिछाने र शाहलाई टेलिफोनमार्फत निर्वाचनमा सफलता पाएको भन्दै बधाई दिएका थिए ।














