पर्सा, २६ फाल्गुन । पसा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट प्रहरीले करिब २१३ किलो गाँजा बरामद गरेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीलाई देखेपछि सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडेर चालक फरार भएका थिए ।
प्रहरीले ट्याक्टर तलासी गर्दा २२ वटा प्ला स्टिकका पोकामा राखिएको गाँजा फेला पारेको हो । फरार चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














