काठमाडौं, २५ फागुन । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दा खत्रीले १५ हजार ३९८ मत पाए। नेकपाका हरिराज अधिकारी ११ हजार १२४ मतसहित तेस्रो भए भने नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरे ।












