काठमाडौं, २५ फागुन । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित १८ जना सांसदहरूले सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले विशेष समारोहबीच उनीहरूलाई शपथ गराएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ।
यसअघि २० फागुनमा १९ सांसदको कार्यकाल सकिएको थियो भने एक सिट राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान छ । माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच तालमेल भएको थियो ।
सोही अनुसार विभिन्न प्रदेशबाट १८ जना सांसद निर्वाचित भएका हुन् ।












