जनकपुर, २४ फागुन । निर्वाचन आयोगले धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम घोषणा नगर्न निर्देशन दिएको छ ।
उम्मेदवारी खारेजीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम आदेश नआएसम्म परिणाम सार्वजनिक नगर्न आयोगले निर्वाचन अधिकृतलाई पत्र पठाएको हो ।
मौन अवधि सुरु भएकै दिन फागुन १९ मा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गरेको थियो ।
त्यसविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेका छन् । आयोगले मतगणना सम्पन्न भए पनि हालसम्म कुनै उम्मेदवारको मत सार्वजनिक गरेको छैन ।












