कञ्चनपुर, २४ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार केपी खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई पराजित गर्दै जीत हासिल गरेका हुन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ११ हजार ९ सय ४९ मत पाए ।
यसैगरी नेकपा (एमाले)का सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ र नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरेका छन् ।












