काठमाडौँ, २३ फागुन । काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डोलप्रसाद अर्याल (डीपी अर्याल) ले आफ्नो जीत भ्रष्टाचार र कुशासनविरुद्धको जनमत भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति अर्यालले अबको मुख्य लडाइँ भ्रष्टाचार अन्त्यका लागि हुने र आफ्नो कार्यकाल सुशासन र समृद्धिका लागि समर्पित रहने बताए ।
अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्दा नानुमैया बास्तोला ले ५ हजार ४६० मत ल्याएकी छन् । २९ हजार ६३३ मतान्तरसहित अर्याल काठमाडौं उपत्यकामै सबैभन्दा ठूलो मतान्तरले विजयी भएका उम्मेदवार बनेका छन् ।














