काठमाडौँ, २३ फागुन । रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुलभ खरेल विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खरेलले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल लाई ४२ हजार ६२५ मतान्तरले पराजित गरेका हुन् ।
खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत पाए। नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेल ले ९ हजार १६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ८६ हजार ५३० मत खसेको थियो ।














