जनकपुर, २३ फागुन । महोत्तरी–१ बाट प्रमोदकुमार महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी का महतोले ३४ हजार ६२६ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेल ले १२ हजार ६३२ मत ल्याएका छन् ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९० तथा नेपाली कांग्रेस का मुकेशराज काफ्लेले ४ हजार ३६१ मत प्राप्त गरेका छन् ।














