काठमाडौं, २२ फागुन । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
औपचारिक घोषणा हुन बाँकी रहे पनि उनले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।
नेपाली कांग्रेसका कृष्णा बानिया क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे ।
नेकपा एमालेका अमन कुमार मास्कीले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धब राज भेटवालले २९० मत र नेकपाका हेमलाल शर्माले २३१ मत प्राप्त गरेका छन् ।














