चितवन, २२ फागुन । चितवन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा देखिएका छन् ।
हालसम्म ६ हजार ६२३ मत गणना हुँदा घण्टी चिह्नका उम्मेदवार लामिछानेले २ हजार ८०१ मत प्राप्त गरेका छन् । त्यसैगरी असमिन घिमिरे(नेकपा एमाले) ले १ हजार २५९ मत, मिना कुमारी खरेल (नेपाली कांग्रेस) ले ९१६ मत र युवराज गुरुगं (नेकपा) ले १ हजार १५६ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारले न्यून मत पाएका छन् भने हालसम्म ३०९ मत बदर भएको छ ।














