काठमाडौं, फागुन । देशभर भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतदानबारे अद्यावधिक जानकारी दिन निर्वाचन आयोगले आज साँझ ६:१५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
आयोगका अनुसार पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरमा आयोजना गरिनेछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन भएको छ ।
तर, ५ बजेसम्म लाइनमा बसेका मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।














