काठमाडौं, १९ फागुन । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंको सुकेधारा र नैकापमा दुई सवारी साधनमा आगजनी गरिएको छ ।
प्रहरीका अनुसार सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा मंगलबार बिहान करिब ३ बजे आगो लगाइएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले आगजनीको पुष्टि गर्दै घटनास्थलबाट दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिए।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । उता, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई भक्तपुरस्थित निवासबाट फागुन १७ गते पक्राउ गरिएको थियो र उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।














