काठमाडौं, १६ फागुन । कतार सरकारले सुरक्षा अवस्था सामान्य नहुन्जेल देशवासीलाई घरभित्रै बस्न आग्रह गरेको छ ।
आन्तरिक मन्त्रालयले इरानी आक्रमणको सन्दर्भमा झ्याल तथा खुला स्थानबाट टाढा रहन र अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेको हो ।
नेपाली समयअनुसार राति करिब ९ः४० बजे दोहामा तीन ठूला विस्फोटका आवाज सुनिएको जनाइएको छ ।














