जनकपुर, १६ फागुन। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई समर्थन गरेको छ।
दुबै पक्षबीच क्षेत्रको समग्र विकास, सुशासन र जनजीविकासँग सम्बन्धित विकासका १३ बुँदे एजेन्डामा सहमति भएपछि समर्थन घोषणा गरिएको हो।
सहमतिमा पूर्वाधार विकास, शिक्षा(स्वास्थ्यको पहुँच विस्तार, रोजगारी सिर्जना, कृषक हित, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका विषयलाई प्राथमिकता दिइएको बताइएको छ।
गठबन्धनपछि धनुषा(३ को राजनीतिक समीकरण थप स्पष्ट र निर्णायक बनेको स्थानीय नेताहरूले बताएका छन।
संयुक्त रूपमा घरदैलो अभियान र जनसम्पर्कलाई तीव्र बनाउँदै मतदातामाझ साझा एजेन्डा प्रस्तुत गर्ने तयारी गरिएको जनाइएको छ।














