काठमान्डौँ, १६ फाल्गुन । नेपाल सरकार ले अवस्था असामान्य रहेकाले नेपाली नागरिकहरूलाई इजरायल र इरान यात्रा नगर्न आह्वान गरेको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको एडभाइजरीमा दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइएको छ । सरकारले हाल इजरायल र इरानमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निर्देशन पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ ।
सम्बन्धित निकायको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि सचेत गराइएको छ ।














