जनकपुर, १६ फागुन । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र नं ४मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
उनी हाल घरदैलो, मतदाता भेटघाट र स्थानीय भेलामार्फत जनसमर्थन जुटाउने अभियानमा सक्रिय छन् । यसैक्रममा धनुषाको लक्ष्मीनिया–५मा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई उम्मेदवार यादवले पार्टीमा स्वागत गर्दै कांग्रेसको नीति, विचार र विकासमुखी योजनाले जनताको विश्वास बढ्दै गएको बताएका छन् ।
यादवले यस क्षेत्रको समग्र विकासका लागि अघिल्ला वर्षहरूमा थुप्रै काम भएको उल्लेख गर्दै बाँकी रहेका विकास निर्माणका योजनालाई पूर्णता दिन आफू उम्मेदवार बनेको बताए ।
स्थानीय स्तरमा पार्टी प्रवेश र समर्थन बढ्दै जाँदा धनुषा–४ मा कांग्रेसको चुनावी माहोल थप उत्साहजनक बन्दै गएको देखिन्छ ।















