काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका ८७ उजुरीमध्ये ५७ वटाको जवाफ प्राप्त भएको जनाएको छ ।
आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा ८१ जनासँग लिखित र ६ जनासँग पुनः स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल, उम्मेदवार, सरकारी-गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसमेत उजुरीको दायरामा परेका छन्।
दर्ता भएका सञ्चारमाध्यम र पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत् कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन विश्लेषणको नाममा मत सर्वेक्षण प्रकाशित गरेको सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत् स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
जिल्लास्तरमा पनि उजुरीमाथि छानबिन र कारबाही प्रक्रिया जारी रहेको छ ।














