काठमाडौँ, १३ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ र भक्तपुरबाहेक ७५ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ ।
निर्वाचन आयोगका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ दुवैतर्फका मतपत्र जिल्लामा पठाइसकिएको हो ।
काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार सामग्री र मतपत्र पु¥याइने जनाइएको छ ।














