काठमाडौं, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा पुनः तनाव उत्पन्न भएको छ ।
बन्दसूची संशोधनको माग गर्दै चार दिनदेखि आमरण अनशनमा बसेकी नेतृ नानीमैया आचार्यलाई कार्यालयबाट हट्न दबाब दिँदा तनाव सिर्जना भएको हो ।
अनशनस्थलमै रहेकी नेतृहरूले केही महिला नेतृहरूले आचार्यमाथि हातपात र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । घटनामा पार्टी संस्थापन पक्षको संलग्नता रहेको दाबी गरिएको छ ।














