काठमाडौँ, २६ पुस । पूर्वसांसद, पूर्वमन्त्री तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
शुक्रबार साँझ वीर अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो । केही समयदेखि अस्वस्थ रहेका दाहाल प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा विपी विचारका अभियन्ता थिए ।
ओखलढुंगाबाट सांसद र मन्त्री बनेका उनी कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादकसमेत थिए ।
आज बिहान श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।














