काठमाडौँ, १२ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछानेसँग औपचारिक सहमति अघि बढाउनुअघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पुनः छलफल गर्ने भएका छन् ।
रवि–बालेनबीच सहमतिका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार गरिसकेको भए पनि बालेनले अन्तिम निर्णयअघि कुलमानसँग परामर्श आवश्यक ठानेका हुन् ।
यस कारण सहमतिमा हस्ताक्षर प्रक्रिया केही ढिलाइ भएको छ । बालेन र कुलमानबीच शनिबार बिहान पनि भेटवार्ता भएको थियो ।














