जनकपुर, २ कार्तिक । जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष गत वर्षको तुलनामा १२ वटा कम बोकाबली भएको छ ।
गत वर्ष २०८२ मा १४ हजार ९०३ वटा बोकाबली भएकोमा यस वर्ष १४ हजार ८९१ वटा बोकाबली भएको तथ्यांक छ । यसअनुसार यस वर्ष बोकाबलीको संख्या केही घटेको देखिएको हो ।
यद्यपि, रसिदबिना पनि बोकाबली दिइएकाले कुल संख्या १५ हजार ५६ पुगेको दाबी गरिएको छ । यसले राजदेवी मन्दिरमा बोकाबली दिने श्रद्धालुको संख्या १५ हजारभन्दा बढी रहेको देखाउँछ ।
मनोकामना पूरा हुने विश्वासमा श्रद्धालुहरूले राजदेवी मन्दिरमा भाकलअनुसार बोका चढाउने परम्परा छ । बोकाबली व्यवस्थापनको जिम्मेवारी महावीर युवा कमिटीले सम्हाल्दै आएको छ ।
यस वर्ष आइतबार बेलुकी ८:३१ बजेदेखि सुरु भएको बोकाबली सोमबार बिहान ३:५३ बजेसम्म चलेको थियो ।














