काठमाडौं, २ कार्तिक । फ्रान्समा महँगी र आर्थिक संकटविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लरेन्ट नुनेजले राजीनामा दिएका छन् ।
तर राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनको राजीनामा अस्वीकार गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएका छन् । नुनेजले घटनाको जिम्मेवारी महसुस गर्दै राजीनामा दिएको बताएका छन् ।
उनका अनुसार, प्रदर्शनमा दुई लाख मानिस सहभागी हुने अनुमान गरिएकोमा शनिबार देशभर ५ लाख ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए ।
सेप्टेम्बरको मध्यदेखि विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव र शिक्षाको गुणस्तरविरुद्ध सुरु भएको आन्दोलनमा पछि शिक्षक, पेन्सनधारी र कामदारसमेत जोडिएका थिए ।
बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाविरुद्धको प्रदर्शनले पछिल्लो समय हिंसात्मक रूप लिएको हो ।














