जनकपुर, ३० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र होटलमा गरिएको शपथविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुन लागेको छ ।
रिटको प्रारम्भिक सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको हो । पूर्व प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई बर्दिबास–३ स्थित एक होटलमा ‘ब्याक डेट’ मा शपथ दिलाएको आरोप लगाइएको छ ।
सो घटनापछि उत्पन्न विवादका कारण ७४ सांसद सर्वोच्च पुगेका थिए । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमाले बाहेकका सात दलले बहुमतको आधारमा नयाँ सरकार गठनको आह्वान हुनुपर्ने माग गर्दै आएका छन् ।














