काठमाडौं, ३० कात्तिक । केन्द्रीय सुरक्षा समितिको बैठक आज बसिहेको छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको भनेको छ ।
शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।














