काठमाडौं, २९ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल ३ रुपैयाँले महँगो भएको हो ।
भारतबाट आयात मूल्य पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँले बढे पनि उपभोक्तालाई राहत दिन निगमले सोभन्दा कम मात्र मूल्य वृद्धि गरेको जनाएको छ ।














