काठमाडौं, २९ कार्तिक । राष्ट्रिय परिचयपत्रको प्रयोगबाट मतदाता नामावली सङ्कलन सुरु भएको पहिलो दिनमै ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार कात्तिक २९ गते राति ९ बजेसम्म दर्ताभएका नयाँ मतदातामा ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र ४ अन्य छन् ।
योसँगै निर्वाचन घोषणा भएपछि दर्ता मतदाताको संख्या २ लाख ८१ हजार १२९ पुगेको आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी आयोगले नामावली दर्ता र अद्यावधिक कार्य निरन्तर जारी राखेको छ ।














