काठमाडौँ, २८ कार्तिक । दक्षिण अफ्रिका भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा १५९ रन बनाएर अल आउट भएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीका ले ५५ ओभर खेल्दै १५९ रन बनाएर अल आउट भएको छ ।
दक्षिण अफ्रिकाका लागि एडेन माक्र्रमले सर्बाधिक ३१ रन बनाए भने वीआन रिकेलटन र टोनी डे जोर्जीले २४–२४ रन बनाएका थिए भने त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादव र मोहमद सिराजले २–२ विकेट लिएका छन् ।














