काठमाडौं, २८ कात्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र नागरिकको मताधिकार सुनिश्चित गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
संघका सभापति दुजाङ शेर्पासहितको टोली शुक्रबार आयोगमा पुगेर मतदाता नामावली संकलन प्रक्रियामा देखिएका प्राविधिक समस्याबारे आयोगलाई अवगत गराएको थियो ।
सभापति शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै युवा मतदातालाई व्यापक रूपमा निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउन तथा दर्ता प्रक्रियामा देखिएका समस्या चाँडो समाधान गर्न आयोगलाई सुझाव दिइएको बताए ।














