काठमाडौं, २८ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दललाई दल दर्ताका लागि आह्वान गरेका छन् ।
आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिनेछ ।
निर्वाचन प्रयोजनका लागि कात्तिक ३० गतेसम्ममा दलले दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको हुनु आवश्यक छ । प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरिएको छ ।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल समाप्त हुँदैछ, जसमा एक जना राष्ट्रपतिद्वारा मनोनयन भएका सदस्य छन् । बाँकी १८ पदका लागि माघ ११ गते मतदान हुनेछ ।














