काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्री तथा सचिवहरूसँगको छलफलमा सबै मन्त्रालयले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा सुधार हुने गरी आफ्नो ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।
उनीले कर्मचारीहरूलाई “स्थायी सरकार”को रूपमा आफ्नो ज्ञान, सीप र अनुभव प्रयोग गरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिन् ।
साथै, सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन, कोषको प्रभावकारी उपयोग गर्न र निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरण सुधार गर्न पनि निर्देशन दिइन् ।
प्रधानमन्त्रीले कर्मचारी सरुवा–बढुवा प्रणाली पारदर्शी र न्यायोचित बनाउन, आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण योजना तयार गर्न, तथा आगामी निर्वाचनको तयारी चुस्त बनाउन पनि आदेश दिएकी छिन् ।
उनले परम्परागत शैली तोडेर नयाँ कार्यसंस्कृति विकास गर्न, अनावश्यक संरचना खारेज वा गाभ्ने कार्य तुरुन्त प्रारम्भ गर्न पनि सबै मन्त्रालयहरूलाई निर्देशन दिइन् ।














