जनकपुर, १७ कार्तिक । नैतिक चरित्रमाथि विवाद उत्पन्न भएपछि पार्टीको कारबाहीमा परेका माओवादी नेता भरत साह पुनः मधेस प्रदेशसभामा माओवादी संसदीय दलको नेता बन्न सक्रिय भएका छन् ।
जेठमा राजीनामा दिएका साहले अहिले दलका वर्तमान नेता युवराज भट्टराई (समिर) लाई हटाएर पुनः नेतृत्व पाउन पार्टी नेतृत्वमा लविङ (दबाब) गरिरहेका छन् ।
मधेसमा छिट्टै मन्त्रिपरिषद् विस्तार हुने भएकाले साहले आफू मन्त्री बन्न पनि तयारी गरेको स्रोतले जनाएको छ । साहले भने पार्टीले निर्णय गरे आफू जिम्मेवारी लिन तयार रहेको बताए ।
मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।














