काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो ।
एक केन्द्रीय नेताले भने, कार्यतालिकामा कुरा नमिलेर आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगन छ । कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ ।
तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन्। यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ ।
कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए । १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्नेगरी कार्यतालिका ल्याउन सकिने र दबाव दिने निर्णय भएको थियो ।














