सप्तरी, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको छ ।
पुजारी एक्लै मन्दिरमा बस्दै आएका थिए । अज्ञात व्यक्तिले उनलाई सडकमा लगेर पिठ्युँमा गोली प्रहार गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
दुईवटा गोलीका खोका बरामद गरिएको छ र शव परीक्षणका लागि धरान पठाइएको छ ।
सीमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँच थालिएको प्रहरीले जनाएको छ ।














