काठमाडौं, ३० असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नै भवनको एक भाग काठमाडौं जिल्ला अदालतलाई सशर्त रुपमा प्रयोग गर्न दिने सहमति जनाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिहरू सम्मिलित संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
जेनजी आन्दोलनको क्रममा काठमाडौं जिल्ला अदालतको संरचनामा आगलागीका कारण क्षति पुगेपछि, वैकल्पिक कार्यस्थलको व्यवस्था गर्ने सन्दर्भमा यो सहमति भएको हो ।
बैठकको क्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले वैकल्पिक रूपमा बबरमहलस्थित प्राधिकरणको भवन उपलब्ध गराउन अनुरोध गरेका थिए ।














