काठमाडौं, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले गाजामा भएको हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको योगदानलाई देशले कहिल्यै नबिर्सने स्पष्ट गरेकी छन् ।
दुई वर्षदेखि बन्धक बनाइएका जोशीको मृत्युको खबरले आफू स्तब्ध र पीडित भएको भन्दै प्रधानमन्त्री कार्कीले शोक सन्देशमार्फत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
प्रधानमन्त्रीका अनुसार विपिन केवल एक विद्यार्थी मात्र नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको प्रेरणादायी प्रतिनिधि थिए ।
प्रधानमन्त्रीले विपिनको मृत्युलाई अन्तर्राष्ट्रिय हिंसात्मक द्वन्द्वको निर्दोष सिकारको रूपमा उल्लेख गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले जोशीको बलिदानलाई वीरताको प्रतीकको रूपमा स्मरण गरिने बताउँदै थपिन्।














